बैंकको खबर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइ गर्न प्रक्रिया अघि बढाएको छ। बैंकले ५० दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
नोट छपाइको काम गर्न योग्य र इच्छुक कम्पनीहरूले आगामी सेप्टेम्बर ७ (भदौ २२ गते) बिहान ११ बजे भित्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेश गर्नुपर्नेछ।
बोलपत्र प्रस्ताव पेश गर्दा कम्पनीहरूले २० हजार रुपैयाँ, वा १४६ अमेरिकी डलर, वा १२६ युरो, वा १०९ पाउन्ड बराबरको धरौटी बुझाउनुपर्नेछ।
राष्ट्र बैंकले छनोट गरेको कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्ति कार्य सम्पादन गर्नुपर्ने पर्छ।
