काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार ३३५ थियो ।
