बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (साउन ११ गते आइतबार) बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिकतरलता कायम रहेपछि केन्द्रीय बैंकले नगद प्रवाहमा नियन्त्रण गर्ने उद्देश्यले निक्षेप संकलन उपकरण जारी गरी २८ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउसो ३ बजेभित्र अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल पेश गर्नुपर्नेछ । निक्षेपको ब्याजदर बोलकबोलको मध्यमबाट निर्धारण हुनेछ । निक्षेपको साँवा तथा ब्याज भुक्तानी भदौ ८ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तस्ीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
