बैंकको खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९र८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
लघुवित्तले गत आर्थिक वर्षमा ९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ करोड ५७ लाख रुपैयाँ नाफाको तुलनामा १०४.७१ प्रतिशतले वृद्धि हो ।
खुद नाफा वृद्धिसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ ६४ पैसाले बढी हो। कम्पनीको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।
खुद ब्याज आम्दानीमा ३९.६४ प्रतिशत वृद्धि भएको छ भने अन्य सञ्चालन आम्दानीमा ४९.६७ प्रतिशत र कुल सञ्चालन आम्दानीमा ४०.९३ प्रतिशत वृद्धि भएको छ। यसले गर्दा कम्पनीको सञ्चालन मुनाफा १७०.७७ प्रतिशतले उछालिएको हो।
वर्तमानमा इन्फिनिटी लघुवित्तको चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा संस्थाले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
उल्लेखनीय मुनाफा र वित्तीय सूचकांकका सुधारहरूले इन्फिनिटी लघुवित्तको वित्तीय सुदृढता झल्काएको छ।
