बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्तामा एक अर्ब रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्न लागेको हो ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई साउन १३ गतेभित्र आफूले लिन चाहेको निक्षेप र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो । यो निक्षेप २०८२ साउन १८ गतेदेखि २०८३ साउन १८ गतेसमम ३६६ दिनका लागि राख्न लागेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरुमा ८० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा १५ करोड रुपैयाँ र राष्ट्रिय स्तरका विकास बैंकहरुमा पाँच करोड रुपैयाँ निक्षेप राखिने पनि केन्द्रीय बैंकले जनाएको छ ।
