बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दुई अर्ब ९२ करोड ५३ लाख रुपैयाँ निक्षेपको रुपमा पठाउने भएको छ । केन्द्रीय बैंकले सूचना निकालेर एक वर्षका लागि विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न लागिएको जानकारी दिएको छ ।
केन्द्रीय बैंकले निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन १४ गते राती १२ बजेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेश गर्न सक्ने जनाएको छ ।
यो निक्षेप २०२५ अगष्ट ११ देखि २०२६ अगष्ट ११ सम्म ३६६ दिनको लागि दिन लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि दुई अर्ब ३४ करोड चार लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुका लागि ४३ करोड ८७ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुका लागि १४ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ ।
यो निक्षेप लिन केन्द्रीय बैंकले तोकेका सर्तहरु भने पुरा गरेको हुनुपर्नेछ ।
