बैंकको खबर । आरएसडिसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः ध्रुवकुमार पौडेल नियुक्त भएका छन् ।
लघुवित्त सञ्चालक समितिको साउन १७ गते बसेको बैठकले पौडेललाई २०८२ भदौ १० गतेबाट लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
