बैंकको खबर । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ ।
लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४८.२८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/८१मा लघुवित्तले ६ करोड ८९ हजार रुपैयाँ नाफा कमाएको थियो।
नाफा वृद्धि हुनुमा मुख्यतः खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उच्च वृद्धि हुनुु हो ।
यस्तै लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १८ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा र मूल्य÷आम्दानी अनुपात ३१.३८ गुणा रहेको छ ।
लघुवित्तको चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ।
