बैंकको खबर । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी, कमिशन आम्दानी बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। त्यस्तै, बैंकको मूल्य/आम्दानी अनुपात १४.९९ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ।
