बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि. – फ्रन्टलाइन हस्पिटलमा छुट हुने भएको छ । फ्रन्टलाइन हस्पितलले दिने विभिन्न सेवाहरुमा विशेष बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतासँगैं सेवाग्राहीले पुरानो बानेश्वर, काठमाडौंमा हस्पिटलमा विभिन्न सेवा लिई एनआईसी एशियाको कुनैपनि डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
ग्राहकले यो सुविधा पाउन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
