काठमाडौँ । नेपाली बजारमा आज (२०८२ साउन २७ गते मंगलबार) अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य मुद्राको विनिमयदर परिवर्तन भएको छ ।
राष्ट्र बैंकल आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो सोमबार पनि यही दरका कारोबार भएको थियो ।
युरोपियन युरो र बेलायती पाउन्ड स्ट्रलिङको भाउ भने घटेको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा तोकिएको छ । यस्तै स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा तोकिएको छ।
त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ छ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८२ पैसा र बिक्रीदर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा, ओमानी रियाल एकको खरिददर ३६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६५ रुपैयाँ नौ पैसा कायम भएको छ।
