बैंकको खबर । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८० प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले तीन अर्ब ७० करोड ३२ लाख रुपैया कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । बैंकले प्रतिशेयर ३८ रुपैयाँ २७ पैसा लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा, मूल्य आम्दानी अनुपात १८.४७ गुणा, प्रतिशत शेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
