बैंकको खबर । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ छ । जुन प्रतिशेर लाभांश वितरण क्षमता २० रुपैयाँ ४७ पैसा हुनजान्छ । तर यस अवधिमा खराब कर्जा बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा १.५१ प्रतिशत बिन्दुले बढेर खराब कर्जाको अनुपात ३.०१ प्रतिशत पुगेको छ ।
नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेर १८ रुपैयाँ ९३ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा र मूल्य–आम्दानी अनुपात १९.८० गुणा छ ।
