बैंकको खबर । मन्जुश्री फाइनान्सले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेो छ । विवरणअनुसार फाइनान्सले आर्थिक वर्ष २०८१/८२ मा ३१ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.२७ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा फाइनान्सले २२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
फाइनान्सको वितरणयोग्य मुनाफा ३५ करोड ४४ लाख रुपैयाँ छ ।
एक वर्षअघि ३.२२ प्रतिशत रहेको फाइनान्सको निष्क्रिय कर्जा अहिले ३.११ प्रतिशतमा झरेको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात २६.२९ गुणा र प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ ।
