बैंकको खबर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरणअनुसार लघुवित्तले २५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८७ प्रतिशतले कम हो । आर्थिक वर्ष २०८०/८१मा लघुवित्तले ३० करोड १९ लाख रुपैयाँ कमाएको थियो ।
लघुवित्तको निष्क्रिय कर्जा पनि बढेर ११.३२ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जा १०.४१ प्रतिशत थियो ।
लघुवित्तको वितरणयोग्य मुनाफा १३ करोड ३९ लाख रुपैयाँ छ । जुन प्रतिशेयर वितरणयोग्य मुनाफा ९.५८ रुपैयाँ हुन्छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा, मूल्य आम्दानी अनुपात ३८.५४ गुणा, प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ७७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १५५७.८९ रुपैयाँ रहेको छ ।
