काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरको आवेदन अवधि भदौ २ गतेसम्मका लागि थप गरेको छ।
कम्पनीले साउन ६ गतेदेखि हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले १० कित्ता शेयरका लागि ३.४७८३ कित्ताको दरले हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।
कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको, प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रद प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्रै हकप्रद खरिद गर्नका लागि आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।
