बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट पाउने भएका छन् । बैंकले रिसोर्टसँग छुट दिने सम्बन्धमा सम्झौता भएको जनाएको छ ।
बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो सुविधाको लिन ग्राहकहरुले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
