बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २५ दिनका लागि सो रकम प्रशोचन गर्न लागेको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज (साउन २८ गते बुधबार) दिउसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाटै हुने पनि केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेपको साँवा तथा ब्याज भुक्तानी भदौ २२ गते हुने छ । बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले नि:शेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।
