बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२मा ६ अर्ब २० करोड नाफा कमाएको छ । बैंकले आघिल्लो आर्थिक वर्षएको तुलनामा गत आर्थिक वर्षमा नाफामा केही सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । अआर्थिक वर्ष २०८०/८१मा बैंकले ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा छ।
इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा धेरै वृद्धि हुन नसकेको देखिन्छ । बैंकले इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढाएर ४ अर्ब ३० करोड रुपैयाँ पु¥याएको छ । यहीकारण नाफा प्रभावित भएको देखिन्छ ।
बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्यआम्दानी अनुपात १५.९५ गुणा छ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।
२०८२ असार मसान्तसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
