बैंकको खबर । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। सो आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९६५.४० प्रतिशत धेरै हो । बैंकले आर्थिक वर्ष २०८०/८१मा ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले नाफामा राम्रो सुधार गरे पनि वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ मात्र छ । प्रतिशेयर ४ रुपैयाँ ४४ पैसा मात्रै लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ।
