बैंकको खबर । नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकले तीन अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३ हजार १७५ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले कुल दुई करोड ८४ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा बढेका कारण खुद नाफामा सुधार भएको हो ।
नाफामा सुधार भए पनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक देखिएको छ । वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ ।
बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । यस्तै प्रतिशेयर आम्दानीी २५.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.३५ गुणा र प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।
