बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८१/८२मा तीन अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा बढेका कारण खुद नाफामा सुधार भएको हो ।
बैंकको वितरण योग्य मुनाफा ३० करोड ३४ लाख रुपैयाँ रहेको छ । लाभांश वितरण क्षमता १.१४ प्रतिशत छ ।
२०८२ असार मसान्तसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४.४१ रुपैयाँ छ । यस्तै खराब कर्जा ४.२८ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ ।
