बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्समा स्वास्थ्य सेवा लिँदा छुट पाउने भएका छन् । यस सम्बन्धमा अस्पतालसँग सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकको डिजिटल प्रणालीमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।
बैंकका ग्राहकले अस्पतालमा इन हाउस प्याथोलोजी, आउटसोर्सिङ परीक्षण, रेडियोलोजी, एम्बुलेन्स, सामान्य बेड शुल्क, आईसीयू÷शल्यक्रिया शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।
अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले यिलएको छ ।
