बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको छ। वित्तीय प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तान्न लागेको हो।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा प्रस्ताव पेश गर्न सक्नेछन्। यस प्रक्रियामा बहुब्याजदर प्रणालीमार्फत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। ३१ दिनका लागि संकलन गरिने यो निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज १ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
