काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठन गरिएको समितिले ओझाको योग्यता र दक्षता नपुगेको निष्कर्ष सहितो प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्ले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
गिरी नेतृत्वको समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो। समितिले ओझाको योग्यता अपूरो रहेको, कानुनअनुसार आवश्यक अनुभव र दक्षता नपुगेको तथा कार्यक्षमता सम्बन्धी प्रश्न उठेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
ओझा गत फागुन १२ गते बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
