बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको इन्टरनेटमा छुट पाउने भएका छन् । इन्टरनेट सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा बैंकले स्काई ब्रोडब्याण्ड प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै आफ्ना ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५०० रुपैयाँ छुट पाउने बैंकले जनाएको छ । स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५०० रुपैयाँ छुट पाउन सक्ने बैंकले जनाएको छ ।
यो छुट पाउनका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
