काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
भदौ २ गते बसेको कम्पनी सञ्चालन समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालकस समितिको लभांश वितरण गर्ने निर्णय आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीमा वितरण हुनेछ ।
