बैंकको खबर । नेपाल बैंक लिमिटेड र मकवानपुरको बज्रबाराहीस्थित ओम अध्याय रिट्रिट प्रालि रिसोर्टमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रिसोर्ट ओम अध्याय रिट्रिट विशेष छुट प्रदान हुनेछ ।
बैंकले ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौता भएको जनाएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रालिका बिक्री निर्देशकसुजन अधिकारीले हस्ताक्षर गरेका छन् ।
