काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसर तथा बबरमहल क्षेत्र आसपास आइतबार बिहानदेखि सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई अदालतमा उपस्थित गराउने तयारीसँगै सम्भावित भीड व्यवस्थापन र शान्ति-सुरक्षा कायम राख्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको हो।
सुरक्षा निकायले अदालत परिसर र वरपरका संवेदनशील स्थानहरूमा व्यापक रूपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरेको छ। मुख्य प्रवेशद्वारहरूमा कडाइ गरिनुका साथै व्यक्तिको आवतजावतमा निगरानी बढाइएको छ।
यस्तै, अदालत आसपासको क्षेत्रमा सवारी आवागमनमा आंशिक नियन्त्रण लागू गरिएको छ भने आकस्मिक परिस्थितिलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षा घेरा समेत खडा गरिएको सुरक्षा स्रोतले जनाएको छ।

Leave a comment