काठमाडौं । सीआईबीले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिसम्बन्धी छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको सम्पत्तिमाथि अनुसन्धान सुरु गरिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि (सीआईबी) ले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । विभागको निर्देशन अनुसार प्रमाण संकलन तथा विश्लेषणको काम भइरहेको स्रोतले बताएको छ ।
यसैबीच आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। सीआईबीका एआईजी डा. मनोज केसीले खड्कालाई अनुसन्धानकै सिलसिलामा पक्राउ गरिएको पुष्टि गरेका छन् ।
तीन पूर्वप्रधानमन्त्रीबारे भने आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर स्रोतका अनुसार यसअघि उठेका विवाद तथा घटनासँग जोडिएको विषयलाई आधार बनाएर अनुसन्धानलाई थप तीव्रता दिइएको छ ।

Leave a comment