काठमाडौं । हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि दिने ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्न शाधारणसभा डाकेको छ ।
कम्पनीले भदौ २५ गते, बुधबार, काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा १७ औँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बिहान १० बजे शुरु हुनेछ।
साधारणसभाले लाभांश पारितसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जनाको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसैले भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र त्यहाँबाट पारित लाभांश प्राप्त गर्न सक्नेछन् ।
