काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि क्यूआरमार्फत भुक्तानी गर्दा वा लिँदा व्यक्तिगत क्यूआर प्रयोग नगर्न भनेको छ । व्यक्तिगत क्यूआरमार्फत व्यावसायिक कारोबार गर्नु गैरकानुनी गतिविधि भएको र यसले उपभोक्ता तथा व्यापारी दुवैलाई जोखिममा पार्न सक्ने भएकाले सचेत हुन आग्रह गरेको हो ।

