काठमाडौँ । शेयरबजारमा बुधबार कारोबारमापक नेप्से परिसूचक ९.७० अंकले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । पाँच अर्ब २० करोड सात लाख रुपैयाँ बराबरको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह २.०३ र म्युचुअल फण्ड ०.०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.७६, वित्त ०.५३, जलविद्युत् ०.५८ र लगानी समूह ०.३९ प्रतिशतले घटेको छ ।
जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, लघुवित्त ०.४०, निर्जीवन बीमा ०.५८, व्यापार १.०६ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव शून्य तीन प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड नौ लाख ७९ हजार २४० रुपैयाँको शेयर कारोबार भएको छ ।
