काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो नाम दुरुपयोग गरी विभिन्न एसएमएसमार्फत लिंक क्लिक गर्न वा व्यक्तिगत जानकारी दिन आग्रह गर्ने गतिविधि भइरहेको भन्दै सावधानी अपनाउन ग्राहकलाई अनुरोध गरेको छ।
बैंकका अनुसार यस्ता एसएाएसहरु ठगीको प्रयास हुने भएकाले कुनै पनि लिंकमा क्लिक नगर्न र व्यक्तिगत विवरण नदिन आग्रह गरिएको छ। बैंकले एुएाएसमार्फत कहिल्यै पासवर्ड, ओटीपप् वा अन्य व्यक्तिगत विवरण नसोध्ने पनि स्पष्ट गरेको छ।
नबिल बैंकले ग्राहकलाई आधिकारिक जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट www.nabilbank.com वा nbank.nabilbank.com र आधिकारिक सामाजिक सञ्जाल पृष्ठलाई मात्र विश्वास गर्न पनि आग्रह गरेको छ।
यदि यस्ता गतिविधिबारे कुनै शंका वा जानकारी भएमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।

