काठमाडौं । करेन्ट नुडल्स उत्पादक यसोदा फुड्सले आफ्नो आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलमा सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटको सफलता र उपभोक्ताको मागलाई ध्यानमा राख्दै यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।
करेन्ट पोइन्टको यो नयाँशाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्धहुनेछन् । विशेषगरी, ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिजपकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् ।
आउटलेटको उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए । यस्तै, यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी दिए ।
सन् २०१७मा स्थापित यसोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादककम्पनीहो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफलभएको छ । कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्नप्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ ।
कम्पनीले ’करेन्ट’ बाहेक, चिजबल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ ।
