काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छान्नका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य खोमराज खरेल छन् ।
यसअघि पनि अधिकारी नेतृत्वको समितिले सिफारिस गरेको आधारमा सरकारले प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गरेको थियो । तर उनलाई ६ महिना पनि नपुग्दै हटाएपछि अध्यक्ष पद रिक्त छ । ओझाले अनुभवको फर्जि कागजात पेश गरेको पाइएपछि सरकारले बर्खास्त गरेको थियो ।
