काठमाडौं । सामसङले दशैँलाई लक्षित गर्दै नयाँ अफर ‘दिनदिनै दशैं’ सार्वजनिक गरेको छ। यो अफर सेप्टेम्बर १, २०२५ देखि २८ सेप्टेम्बर २०२५ सम्म लागू हुनेछ।
अफा अवधिकर नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकहरूले दैनिक उपहार जित्ने अवसर पाउनेछन्। सहभागी हुनका लागि ग्राहकले खरिद गरेको नयाँ मोबाइल वा ट्याबलेटबाट सामसङ स्पेस सिरियल नम्बर टाइप गरी ३५००१ मा पठाउनु पर्नेछ ।
सिरियल नम्बर पठाउने खरिदकर्ताहरुबाट प्रत्येक दिन एक भाग्यशाली विजेता छनोट हुनेछन । जसले भाटभटेनीमा एक लाख रुपैयाँ सम्मको सपिङ भौचर प्राप्त गर्नेछ । अन्य १० जना विजेताले १० हजार रुपैयाँको शपिङ भौचर पाउनेछन्। अफर अवधिभर दैनिक ११ जनाले उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । अफरको विजेता घोषणा फेसबुकमार्फत हुने पनि कम्पनीले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ‘दिनदिनै दशैँ’ अफरमार्फत सामसङले आफ्ना ग्राहकलाई चाडपर्वमा अमूल्य अनुभव दिने परम्परालाई यसवर्ष पनि निरन्तरता दिएको बताए ।
यो अफर सामसङका आधिकारिक विक्रेता तथा ई–कमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध हुनेछ।
