बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउन भएका छन् । ग्राहकलाई छुट दिने सम्बन्धमा होटलसँग सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार होटलमा सेवा लिई एनआईसी एहियाको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुट हुनेछ भने एयरपोर्ट लाउन्ज एण्ड रेस्टुरेन्ट, पास्ट्री सप र स्पामा १५ प्रतिशतसम्म छुट हुनेछ ।
होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
