काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज प्रतितोला ६०० रुपैयाँ मूल्य बढेको छ । हिजो तोलाको २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेर २ हजार ४८५ पुगेको छ ।
विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्यमा वृद्धि भएको व्यापारीहरुलेब ताएका छन् ।
