काठमाडौँ । नेपाली बजारमा आज (भदौ १८ गते बुधबार) अमेरिकी डलरसँगै अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो मंगलबार डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा थियो ।
डलरसँगै युरोपियन युरो र बेलायती पाउण्डको भाउ पनि घटेको छ । आजका लागि युरो एकको खरिदर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा तोकिएको छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा थियो । आज बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा थियो ।
डलर, युरो र पाउण्ड बाहेक अन्य विदेशी मुद्राको विनिमयदर पनि आज परिवर्तन भएको छ । राष्ट्र बैंकले आजका लागि स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।
आजका लागि जापानी येन १० को खरिदर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
यस्तै थाई भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैैयाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १८ पैसा रहेको छ ।
