बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई बैंकको डिजिटल माध्यमबाट भुक्तानीगर्दा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
यो सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
