काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको छ । आज मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले दर्ता सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सूचीकरण नभएका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सञ्चार मन्त्रालयले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरुलाई इमेलमार्फत जानकारी गराएको थियो । तर कुनैपनि सामाजिक सञ्जाल दर्ता हुन नआएपछि सरकारले बन्द गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
