काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निजी निवासमा आज जेनजी आन्दोलनमा संलग्न युवाहरुले तोडफोड र आगजनी गरेका छन्।
आन्दोलनको दोस्रो दिन काठमाडौंसहित विभिन्न जिल्लामा शीर्ष नेताहरुको घरलाई लक्षित गर्दै आक्रमण बढेको छ। यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासलगायत मन्त्री तथा सांसदका घरहरुमा पनि तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ।
