काठमाडौँ । बालेन शाहले संसद विघटन हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै यो आन्दोलन नितान्त रुपमा जेनजीको भएको र हत्यारा प्रधानमन्त्रीको राजीनामा आइसकेकाले अब संयमित हुन आग्रह गरेका छन् ।
बालेन अब सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्दै त्यसअघि संसद विघटन हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो ।’
प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला १ साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्, वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ ।
