काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्डस्ट्रलिङसँगै अन्य मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा तोकेको छ ।
यस्तै आजका लागि युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा कायम भएको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा रहेको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, र सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले तोकेको छ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा तोकिएको छ।
बहराइन दिनार र ओमनी रियालको विनिमयदर क्रमशः ३७५ रुपैयाँ ४७ पैसा र ३६७ रुपैयाँ ७० पैसा खरिददर तोकिएको छ।
