काठमाडौं । नेपाली बजारमा आज (असेज १० गते शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १२ सय रुपैयाँ बढेर तोलाको २ लाख २२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँ बढेर २७४० रुपैयाँ पुगेको छ ।
