बैंकको खबर । मञ्जुश्री फाइनान्सले असोज ३१ गते शुक्रबारका दिन काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्यांक्वेटमा १८औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा बिहान ११ बजे शुरु हुनेछ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ ।
साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले फाइनान्सको साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।
