काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हाल व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्थालाई अस्थायी रुपमा वृद्धि गरि ४० पटकसम्म गर्न सकिने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले असोज १३ गतेदेखि २१ गतेसम्म दश्रैँ अवधि तथा कात्तिक ३ देखि ७ सम्म तिहार अवधिका लागि व्यक्तिगत वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो ।
यस निर्णयले दशैँ–तिहारका समयमा हुने कारोबारलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
