बैंकको खबर । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । असोज १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । यस्तै लाभांशको कर प्रयोजना लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
