बैंकको खबर । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान नम्बर छिटो अध्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।
बैंकले आफ्नो पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने जनाएको छ । यस्तै, ग्राहकले आफूलाई पायक पर्ने शाखा कार्यालयबाट समेत अध्यावधिक गर्न सकिने जनाएको छ ।
निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा प्रवृष्टि गर्न प्यान आवश्यक परेको बैंकले स्पष्ट पारेको छ । प्यान अद्यावधिक नगराएको कारणले इ–टिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसपछि ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि जनाएको छ ।
